सोमबार, कार्तिक १६, २०८३
जनकपुरले पोखरालाई दियो १४८ रनको लक्ष्य, तृतराज दासको अर्धशतक

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार जारी खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्ससामु १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन बनाएको हो।

जनकपुरका लागि तृतराज दासले सर्वाधिक ६१ रन बनाए। उनको अर्धशतकको मद्दतमा जनकपुरले पोखरासामु प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय