मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गयो

काभ्रे । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं १३ मा रहेको भैँसेपाटीमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

गएराति २ बजे बा ६३ प २७२ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय ६२ वर्षीय बालकृष्ण बुढाथोकीको ज्यान गएको प्रहरीले जनाएको छ । बुढाथोकीको उपचारका क्रममा धुलिखेल अस्पतालमा ज्यान गएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए ।

दुर्घटना पछि आक्रोशित स्थानीय बासिन्दाले गएरातिदेखि नै सडक अवरुद्ध पारेका छन् । आन्दोलनका कारण अरनिको राजमार्ग हुँदै बनेपा, कोशीपारी तथा सिन्धुपाल्चोक र दोलखा जिल्लाका विभिन्न ठाउँमा जानेआउने गाडी चल्न सकेका छैनन् ।

दुई पाङ्ग्रेसहितका साना गाडी भने बनेपा–नाला हुँदै भक्तपुरको जगातीको बाटोमार्फत् ओहोरदोहोर भइरहेका ट्राफिक प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस