पौडेलले आफ्नो उपचार खर्च आफै ब्यहोर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो उपचार खर्च आफै ब्यहोर्ने भएका छन ।

राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार उनले आफ्नो खर्च आफै ब्यहोर्ने भएका हुन ।

‘उपचारको क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपतिज्यू स्वयंले बेहोर्ने कुराका जानकारीका लागि अवगत गराइन्छ,’ कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

छातिमा जमेको पानीमा संक्रमण बढे पछि उपचारका लागि राष्ट्रपति पौडेल भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्स मा उपचार गर्नका लागि बैशाख पहिलो साता गएका थिए । १० दिन लामो उपचार पछि राष्ट्रपति पौडेल आइतबार राती स्वदेश फर्केका हुन ।

सिफारिस

ताजा समाचार

लोकप्रिय