साफ च्याम्पियनसिपमा पहिलो पटक कुवेतले पनि सहभागी

काठमाडौँ । दक्षिण एयिसाली फुटबलको प्रतिष्ठित साफ च्याम्पियनसिपमा कुवेतले पनि सहभागिता जनाउने भएको छ ।

दक्षिण एसियाली फुटबलको महासंघ (साफ) ले साफ च्याम्पियनसिपको १४ औं संस्करणमा पहिलो पटक कुवेतलाई सहभागिता गराउने निर्णय लिएको हो ।

साफ च्याम्पियनसिप असार ६ देखि १८ गतेसम्म भारतको बंगलुरुपमा आयोजना हुँदैछ ।

साफ सचिवालयका अनुसार यो पटकको साफ च्याम्पियनसिप खेलमा दक्षिण एसियाका ६ र कुवेतसहित ७ टोलीले सहभागिता जनाउने भएका छन् ।

जसअनुसार आयोजक भारत, नेपाल, माल्दिभ्स, पाकिस्तान, भुटान, बंगलादेश र दक्षिण एसिया बाहिरको कुवेत रहेका छन् ।

फिफाको निलम्बनमा परेका कारण श्रीलंकाले भने यसपटक भाग लिने पाउने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस