
बनेपा डुवानमा
मंगलबार, जेठ ०२, २०८० | १३:४१:२२

काभ्रे । अविरल वर्षापछि पुण्यमाता खोलामा आएको बाढीले काभ्रेको बनेपा बजार डुबानमा परेको छ ।
आज (मंगलबार) साँझ हावाहुरीसहित परेको वर्षाले बजारको चण्डेश्वरीमार्ग डुबानमा परेको हो ।
घरभित्रै पानी पसेपछि स्थानीयहरु सामानहरु हटाउन र पानी फाल्न व्यस्त देखिन्थे । जेठको पहिलो सातामै यति धेरै घरहरु डुबान हुने गरि वर्षा भएपछि बनेपा आसपासका स्थानीयहरु वर्षायाममा झन ठूलो समस्या हुने त्रासमा छन् ।
वर्षायाममा बनेपा डुबानमा पर्नु हरेक वर्ष सामान्य जस्तै भएको छ। खोला नियन्त्रणमा स्थानीय तह र प्रदेश सरकारले पहल गरे पनि यसले सार्थकता पाउन नसक्दा सर्वसाधारणले भने सधैं दुःख पाउँदै आएका छन् ।