
मुकेशलाई सहिद घाेषणा

काभ्रे । बनेपाका मुकेश कायस्थलाई नेपाल सरकारले शहीद घोषणा गरेको छ । सरकारले जनआन्दोलनमा घाइते भएर गएको वैशाख २७ गते बुधवार निधन भएका मुकेश कायस्थलाई शहीद घोषणा गर्ने हो ।
आज मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले कायस्थलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए ।
२०६२ साल चैत २७ गते बनेपाको तीन दोबाटोमा प्रहरीले चलाएको गोली लागेर बनेपा नगरपालिका–८ का १४ वर्षीय कायस्थ घाइते हुनुभएको थियो। गोली लाग्दा मुकेशको उमेर १४ वर्षको मात्र थियो । सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएका मुकेश सोही दिनदेखि ओछ्यानमा परेका थिए ।
मुकेश केहि दिनदेखि बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत थिए । १७ वर्षदेखि ‘जिउँदो सहिद’का रूपमा रहेका मुकेशको ३२ वर्षको उमेरमा निधन भएको हो ।
निरन्तरको स्याहार र उपचारपछि देब्रे हात चलाउने, आमा भन्ने, हाँस्ने, गिलो खाने कुरा खाने र ह्विलचियरमा अडिन सक्नेसम्म भएका मुकेश २०७५ असारमा अचानक बिरामी परेपछि पुरानै अर्धचेत अवस्थामा पुगेका थिए ।