
होटलमा डाँकाचोरी गर्ने पक्राउ

काभ्रे । जिल्ला बनेपा नगरपालिका वडा नं.०६ स्थितमा हरि चन्द्र पोखरेलले सञ्चालन गरेको हाई भ्यु रिसोर्ट होटलमा चोरी गने अभियुक्तहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
गत १ गते रातीको समयमा रिसोर्टको झ्याल तोड फोड गरी भित्र छिरी यु.एस.ए‚ युरो र भियतनाम देशहरूको विदेशी मुद्रा ५ हजार भारतीय रुपैयाँ २० हजार‚ नेपाली नगद ५० हजार ‚ बिभिन्न साईज का बुद्धको मूर्तिहरू‚ कम्युप्टर थान–२‚ आई प्याड थान–२ लगायतको सामानहरू चोरी भएको थियो ।
पक्राउ पर्नेमा धुलिखेल न.पा वडा नं. ०३ कुताल बस्ने बर्ष २२ को अमृत तामाङ रहेका छन् भने अन्य दुई जना फरार रहेका छन । उक्त चोरी गरेको सामानहरू बनेपा नगरपालिका वडा नं. ०६ स्थित जङ्गलमा लुकाई छिपाई राखेको भनी बताएको प्रहरीले जानकारी गराएको छ ।
उनिको साथबाट पाल्देन लामाको मूर्ति थान–२‚ गुरु रिम्पोछेको मूर्ति थान–३‚ हरियो तारा भएको मूर्ति थान–१‚ मेडिसिन बुद्धको मुर्ति थान–१‚ सेतो ताराको मूर्ति थान–१‚ सरस्वतीको मूर्ति थान–१‚ लोकेश्वरको मूर्ति थान–१‚ लाफिङ्ग बुद्धको मुर्ति थान–१‚तामाको पाताबाट बनेको माला तथा मालाका सामानहरू राख्ने सानो बाकस थान–१‚ बिभिन्न किसिमका माला तथा माला बनाउन प्रयोग हुने सामानहरू बरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सुचना अधिकारी (डिएसपी) ढुण्डीराज न्यौपानेले जानकारी दिए ।