जिल्ला संघ काभ्रेको समिक्षा सहित प्रशिक्षण

काभ्रे । जिल्ला सहकारी संघ लि. काभ्रेले सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उप-समिति सदस्यहरु, सल्लाहाकार र कर्मचारीहरुका बीच आर्थिक प्रगती सहितको समिक्षा तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

सहकरी अभियानका मुर्धन्य ब्यक्तित्व तथा पुर्व नेफ्सकुनका अध्यक्ष ऋषीराज घिमिरेको प्रमुख आतिथ्यता तथा सहजिकरणमा भएको उक्त कार्यक्रम जिल्ला सहकारी संघ लि. का अध्यक्ष दिलिप शर्माको शभापतीत्वमा भएको हो । प्रमुख अतिथी श्री ऋषीराज घिमिरेबाट पानसमा दीप प्रज्वलन गरी उद्घाटन भएको उक्त कार्यक्रम संघका निवर्तमान अध्यक्ष विनोद पराजुली तथा सल्लाहाकार टिकाबल्दभ सापकोटाको समेत उपस्थिती रहेको थियो ।

कार्यक्रमको औचित्य तथा उद्देश्य र स्वागत मन्तब्य राख्दै कार्यक्रमका सभापती तथा संघका अध्यक्ष दिलिप शर्माले यस्ता कार्यक्रमले संघमा आबद्ध सबैको क्षमता अभिबृद्धि भइृ संघको रणनैतिक योजना मुताबिक काय गर्न सहज हुने विस्वास ब्यक्र गर्दै संघमा स्थापित नीति तथा कायीविधि अनुसार असार मसान्तसम्मको लक्ष्य पुरागर्न आजैका मिति देखि लाग्न थप ऊर्जा मल्ने हुँदा सबैले यो कार्यक्रम अवधिभर समय र महत्वका साथ लाग्नुपर्ने बिचार राखेका थिए ।

कार्यक्रममा प्रशिक्षण दिनुहुदै ऋषीराज घिमिरेले संघको नेतृत्व अले देख्दा पन लोभ लाग्ने हुनुपर्ने र सहकारीका बारे सबै बिषयमा पूर्णता सहितको ज्ञान राखेर अगाडि बढ्नुपर्ने जानकारी दिदै कर्मचारी ,उप समिति, नेतृत्व लगायत सबैको बारेमा सहजिकरण गरेका थिए ।

संघको बारेमा प्रस्तुतीकरण गर्दै संघका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार श्रेष्ठले संघको हालसम्मको अवस्थाको बारेमा जानकारी गराए । संघमा हाल उल्लेख्य प्रगती भएको जानकारी सहित संघको रणनीतिक योजना सहितका लक्ष्य पुरा गर्नका लागि आगामी दिनहरुमा सबै एकजुट भएर लाग्ने प्रतिबद्धता सहित कार्यक्रम समापन गरिएको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय