काभ्रे । चर्चित लोक दोहोरी गायक किरण गौतम र गायिका शारदा रसाइलीको नयाँ लोकदोहोरी गीत “झिसमिसे” बजारमा आएको छ ।
संगीताश्रम नेपालको प्रस्तुति रहेको गीतमा गायक गौतमको शब्द, संगीत, मिक्सिङ्ग मास्टरिङ चन्द्र चौधरीको रहेको छ भने यो दोहोरी भाकालाई म्युजिक प्लस स्टुडियोमा रेकर्ड गरिएको हो ।
“झिसमिसे” गीतको भिडियोमामा सुनिता कालिकोटे, सुमन कालिकोटे, रन्जना सेन्चुरी लगायत अन्यको अभिनय देख्न सकिन्छ । सन्तोष तिमिल्सिनाले छायांकन गरेको म्युजिक भिडियोलाई सनिष तिमिल्सिनाले निर्देशन गरेका छन् भने सम्पादन रोशन धितालको रहेको छ ।
“झिसमिसे” गीतको भिडियोलाई शारदा रसाइलीको युट्युब च्यानल मार्फत गित हेर्न सकिन्छ ।
भिडियो हेर्नुहोस् :-
























