बिहिबार, जेठ ०७, २०८३
बागमती प्रदेश फुटबल संघको अध्यक्षमा श्रेष्ठ

काभ्रे । बागमती प्रदेश फुटबल संघको अध्यक्षमा निरोज श्रेष्ठ निर्वाचित भएका छन् । बागमती प्रदेश फुटबल संघको प्रथम अधिवेशनले शुक्रबार श्रेष्ठ निर्विरोध अध्यक्ष चयन गरेको हो ।

अध्यक्ष श्रेष्ठसहित सबै पदाधिकारी निर्विरोध चयन भएका छन् । उपाध्यक्षमा दिपक लाल चित्रकार, बाबुराजा श्रेष्ठ, राजिब मान सिंह बस्नेत चयन भएका छन् भने महिला सदस्य सुनौना श्रेष्ठ भएकी छिन् ।

सदस्यमा प्रभात कुमार श्रेष्ठ, अबोध भूषण खोजु श्रेष्ठ, दिपक थापा मगर, रामकुमार कोइराला, कपिल पाखिन, अनिल हेक्का, सुमन खड्का, अनिल श्रेष्ठ, निश्चल बस्नेत, बिशाल श्रेष्ठ कोजु चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले योगदान सहकार्य र देखाएको एकताको माध्यमबाट अगाडि बढाउने बताए । नेपाली फुटबलको गुमेको साख फर्काउन प्रतिवद्धता व्यक्त गरे ।

निर्विरोध निर्वाचित पदाधिकारीहरुको नाम :-

सिफारिस

ताजा समाचार

लोकप्रिय