१६ औ राष्ट्रिय लेडी एकाडेमी सम्पन्न

काभ्रे । “समृद्ध समाजका लागि महिला” भन्ने नारा सहित नेपाल जेसीजको १६ औ राष्ट्रिय लेडी एकाडेमी सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन सत्र बर्ष २०२३ की राष्ट्रिय महिला संयोजक जेसी सुमित्रा बादे श्रेष्ठको सभापतित्वमा तथा सभासद कञ्चन चन्द्र बादेको प्रमुख अतिथ्यतामा भएको थियो ।

नेपाल जेसीजमा आबद्ध रहेका युवा महिलाहरुलाई लक्षित लेडी एकाडेमीमा देशभरिका १७८ शाखाका महिला प्रतिनीधीहरुको उल्लेख्य सहभागीता रहेको थियो । २ दिने तालिम अन्र्तगत महिलाका नेतृत्व, ब्यक्तित्व र क्षमता अभिबृद्धीका लागि विभिन्न शिर्षकमा प्रशिक्षण प्रदान गरिएको छ ।

उक्त कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय पुर्वअध्यक्ष तथा मधेश प्रदेस विश्व बिद्यालयका उपकुलपती सिनेटर दिपक शाक्य प्रमुख प्रशिक्षक रहेका थिए भने मेचिनगर लेडी जेसीजका संस्थापक अध्यक्ष जेसी कविता शर्मा, साईक्याट्रिष्ट सनम पौडेल, मानवअधिकारकर्मी तथा अधिवक्ता कृष्णप्यारी नकर्मी, पाटन लेडीका पुर्व अध्यक्ष तथा करिअर काउन्सिलर सुष्मा श्रेष्ठ, काभ्रे लेडी जेसीजका पुर्व अध्यक्ष तथा संचारकर्मी सृजना दुवाल तथा पुर्व मिस र्वल्ड नेपाल इभाना मानन्धरले प्रशिक्षण प्रदान गरेका थिए ।

नेपाल जेसीज २०२३का राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर बिकास मानन्धरले समृद्ध समाज निर्माणमा पुरुष सरह महिलाहरुको समान भुमिका रहेको बताउदै एकाडेमीमा सहभागी देशभरीका जेसीज महिलाहरुले तालिमबाट प्राप्त सिकाईहरुलाई आफु र समाज रुपान्तरणको लागि भरपुर उपयोग गर्ने बिश्वास ब्यक्त गरेका छन् ।

२ दिन सम्म विभिन्न बिषयमा तालिम प्राप्त गरेका महिला सहभागिहरुले यस तालिमका सिकाइ अत्यन्त प्रभावकारी रहेको बताउदै, जेसीज यात्रामा मात्र नभई जिवनका हरेक समयमा उक्त सिकाई उपयोगी रहने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस