काभ्रे । बनेपाबाट काठमाडौंतर्फ जादै गर्दा पलाँसेमा गाडीका सहचालकले आजभोली दाउरा चुलोमा कोही ओर्लने छ भनेस सोध्नु हुन्छ । कारण दुई बर्षमा आफ्नो सेवाको कारणले त्यहाँको होटलकै नाममा गाडीबाट झर्ने ठाउँको नाम भन्न थालिएको छ । शुद्ध नेपाली स्वाद दिने उदेश्यले सुरु गरेको दाउरा चुलो मौलिक खानेकुरा खुवाउने रेष्टुरा हो ।
भक्तपुरको पलाँसेमा सञ्चालित ‘दाउरा चुलो’का मौलिक परिकारले ग्राहक लोभ्याउन थालेको छ । रेस्टुरेन्टमा दाउराको चुलोमा हातले पिँधेको मरमसला हालेर विभिन्न स्वादिला परिकार पाक्छन् । घरकै जस्तो स्वाद पस्किने उद्देश्यसहित काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुरका विष्णुप्रसाद सापकोटाले डेढ वर्षअघि रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । उनको रेष्टुरामा पाक्ने खानेकुरा,दिने सेवाको धेरैले प्रशंसा गर्छन् ।
दाउरा चुलोको मुख्य आकर्षण हुन्, कालिज, लोकल भाले र खसी–बोकाका परिकार नै हुन् । कालिज र लोकल कुखुराको फर्म सापकोटाको आफ्नै छ । लोकल खसी–बोका गाउँबाट खोजेर ल्याउँछन् । सकेसम्म लेकमा राम्रा खालका खसी मात्रै उनको होटलमा आउँछ । ग्राहककै अगाडि कालिज, कुखुरा, खसी काटेर पकाउने गरिन्छ । ग्राहक आफ्नो आँखा अगाडीबाट सबै कुरा देख्छन् । अनि मिठो स्वाद खान पाएपछि झनै खुसी हुन्छन् ।
शहरी कोलाहलबाट अलि टाढा रहेको दाउरा चुलोमा कालिज, लोकल कुखुरा र लोकल खसीका परिकारको स्वाद लिन ग्राहक आउने गरेको सापकोटा बताउँछन् । हातैले पिँधेर मरमसला हाली बनाइएका परिकार खाएका ग्राहक पटक–पटक फर्किएर आउने गरेको उनको भनाइ छ ।
‘बिदाका दिन ग्राहकको बाक्लै भिड लाग्ने गर्छ, धेरैले कालिज र लोकल कुखुरासँग भात÷ढिँडो खान रुचाउँछन्,’ उनले भने, ‘हामी पूर्णतः मौलिक स्वाद पस्किने गर्छौँ।’
काठमाडौंबाट करिब २० किलोमिटर र फन भ्याली पार्कबाट पाँच सय मिटर दूरीमा रहेको रेस्टुरेन्ट स्टिल स्ट्रक्चर र बाँसबाट तयार गरिएको छ । बाँसको पार्टेसन÷सजावट लोभलाग्दो छ रेष्टुारा । दुई तलाको रेस्टुरेन्टमा एकैपटक सयजनाभन्दा बढीलाई सेवा दिन सकिने सापकोटा बताउँछन् । रेस्टुरेन्टमा खाना खाने सेप्रेट क्याबिनहरू पनि रहेका छ । बालबालिकालाई खेल्नका लागि छुट्टै ठाउँ छ । क्याम्प फायर गरेर रमाउनेहरूका लागि पनि सुविधा छ ।
‘ग्राहकको आँखैअगाडि कालिज, भाले, हाँस, लोकल खसी काट्छौँ, ग्राहकले नै देख्ने गरी पकाउँछौँ,’ सापकोटाले भने । सहरमा उकुसमुकुस भएर बसेका मानिसहरू रेस्टुरेन्टका पाहुना हुन् । उनका अनुसार बिदामा बाहिर कतै गएर खाना खाउँ न त भन्नेहरू दाउरा चुलो पुग्ने गर्छन् । यस्तै, आशापुरी, डोलेश्वर हुँदै साँगा शिवमूर्ति दर्शनमा आउने धार्मिक ग्राहक पनि उत्तिकै हुने गर्छन् ।
अरनिको र बिपी राजमार्ग हुँदै काठमाडौं आवातजावत गर्नेहरू पनि लोकल चुलो पसेर खान खाने गर्छन । ‘सुकुटे, दोलालघाटलगायत ठाउँमा बिदा मनाउन जानेहरू पनि रेस्टुरेन्ट छिर्ने गर्छन्,’ उनले भने, ‘मान्छे बिहान दाउरा चुलोमा ब्रेकफास्ट खाएर सुकुटे जान्छन्, साँझ सुकुटेबाट फर्किंदा यहीँ खाना खाएर घर फर्किन्छन् ।
कालिज, लोकल कुखुरा, खसी, बोका, हाँसलगायतको मासुका विभिन्न परिकार पाक्ने हुँदा बाटो ओहोर–दोहोर गर्नेहरू खाजा खान पस्ने गर्छन् ।
सापकोटाको कालिज र लोकल कुखुराको आफ्नै फार्म छ । आफ्नै फार्ममा पालेका कालिज र लोकल कुखुरा ग्राहकलाई खुवाउने गरेको उनको भनाइ छ। आफ्नै फार्म हुनाले पनि अन्य रेस्टुरेन्टको तुलनामा कालिजका परिकार सस्तोमै खुवाउँछन् उनी ।
दाउरा चुलोमा कालिजको खाना सेटको मूल्य सात सय ५० रुपैयाँ रहेको छ । हालै फार्म किनेको उपलक्ष्यमा लोकल कुखुराकै मूल्य पाँच सय ८० मै कालिजको खाना सेट उपलब्ध गराइरहेको सापकोटाले बताए । लोकल कुखुरा र खसीको खाना सेटको मूल्य पाँच सय ८० रहेको छ ।
रेस्टुरेन्टमा सहकारी, कर्पोरेट, विभिन्न संघसंस्थाका कार्यक्रम, पारिवारिक ग्यादेरिङ, बर्थ डे तथा एनिभर्सरी कार्यक्रम नियमित हुने गर्छन्। साना सभा तथा ग्यादेरिङका लागि हल बनाइएको छ। सापकोटाले रेस्टुरेन्टमा १५ र फार्ममा दुईजनालाई रोजगारी दिएका छन्। रेस्टुरेन्ट र फार्ममा हालसम्म दुई करोड १५ लाख रुपैयाँ लगानी भइसकेको उनको भनाइ छ । तपाई पनि विपी राजमार्गहुँदै जानु हुन्छ भने खाना र खाजा खानको लागि भरपर्दाे ठाउँ हुन सक्छ । दाउरा चुलो । त्यहाँ आएका ग्राहक पनि भन्छन् दाउरा चुलो,स्वाद अनि त्यस्तै अतिथी सत्कार ।


























