ब्लड क्यान्सर पीडितलाई तरुण दल काभ्रेको आर्थिक सहयोग

काभ्रे । ब्लड क्यान्सर पीडित अंकित कुमार मोक्तानलाई नेपाल तरुण दल तेमाल गाउँपालिका कार्यसमितिको समन्वयमा नेपाल तरुण दल काभ्रेले आर्थिक सहयोग गरेको छ ।

आईतबार एक कार्यक्रमकाबीच नेपाल दरुण दल काभ्रेको सभापति सुजन लामाको समन्वयमा तेमाल गाउँपालिका तरुण दल सभापति रोशन लामाको सहजीकरणमा नेपाल तरुण दलका केन्द्रिय सभापति विद्वान गुरुङले पीडित अंकित कुमार मोक्तान लाई सहयोग गरेको हो ।

काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा न.७ चापाखोरी कुरुवास निवासी अनिल कुमार मोक्तान र शान्तिमाया तामाङको दश बर्षे छोरा ब्लड क्यान्सरले शिभिल अस्पताल मिनभवनमा उपचाररत हुदै गर्दा नेपाल तरुण दल काभ्रे तेमाल गाउँपालिका कार्यसमितिको नेतृत्वमा, नेपाल तरुण दल काभ्रेको जिल्ला सभापति सुजन लामाको सहजिकरणमा नेपाल तरुण दलका केन्द्रिय सभापति विद्वान गुरुङले आज अस्पतालमा गएर आर्थिक सहयोग हस्तान्तरण गरेको नेपाल तरुण दल काभ्रे जिल्ला उप-सभापति बिजेन रंजितले जानकारी दिए ।

आर्थिक सहयोग हस्तान्तरण गर्दै पीडितको लाई अध्यक्ष गुरुङले नआत्तिन आग्रह गर्दै नेपाल सरकार र अस्पताल प्रशासन लाई पनि उपचारमा सहयोगको लागि पहल गर्नु भएको थियो भने देशभरिको तरुणहरुलाई पनि सकेको सहयोग गरिदिनुहुन आग्रह गरे ।

करिव छ महिना पाटन अस्पतालमा उपचार गराउदा पनि रोग पत्ता नलागेपछी दुई महिना अगाडि शिभिल अस्पतालमा उपचार गर्न ल्याउदा ब्लड क्यान्सर भएको थाहा पाएर उपचार गराइरहेको बिरामिको बुवा अनिल कुमार मोक्तानले जानकारी दिए । सहयोग हस्तान्तरण कार्यक्रमा नेपाल तरुण दल काभ्रेको सभापति सुजन लामा, लगायत जिल्लाका कार्यसमिति र पालिका कार्यसमितिहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस