बेथानचोक -१ मा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

कार्यक्रममा बोल्दै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले हरेक निकायमा महिला सहभागिताको सवाल पटक–पटक उठ्दै आउनु सकारात्मक भएको बताए । वडा स्तरमा हुने यस प्रकारका कार्यक्रमले महिलाहरुका अधिकार र कर्तव्यहरुको ग्यारेन्टी गर्दै उनीहरुलाई ती अधिकार र कर्तव्यहरुको पूर्ण उपयोग गर्न सक्ने अवस्थामा पु¥याउने भएकाले गाउँपालिकाले पालिकाका महिलाहरको आर्थिक, सामाजिक, सांस्कृतिक एवम् राजनीतिक स्रोतमा महिला जनशक्तिको पहुँच बढाउने गतिविधि गर्दै आइरहेको बताए । सीपवान् र दक्ष जनशक्ति नै राज्य शक्तिको आधार भएकाले गाउँपालिकाले महिलाहरुको सीप अभिवृद्धिका लागि विभिन्न गतिविधि गर्दै आएको बताए ।
ठूला बजेट, ठूला भाषणले मात्र नभई वडा स्तरमा हुने साना साना कार्यक्रमले पनि स्थानीयको मुहारमा खुशी आउने हुँदा वडाले गरेको यस प्रकारको कार्यक्रम प्रशंसनीय भएको अध्यक्ष अधिकारीको भनाई थियो । उहाँले महिलाको क्षमता, श्रम, सीप र सिर्जनालाई प्रोत्साहन गर्र्दै आत्मनिर्भर बनाउन जरुरी रहेको पनि बताए । उनले भने “गाउँपालिकाको स्रोत, साधन र अवसरमा समान पहुँच स्थापित गर्न र निर्णय प्रकियामा महिलाको समान सहभागिता अभिवृद्धि गर्न गाउँपालिका प्रतिवद्ध छ ।”
कार्यक्रमका सभापति, वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता मधुुसुधन तिमल्सिनाले वडाका महिलाहरुलाई शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा विना विभेद व्यवहार गरिएको बताए । महिला लक्षित कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन वडाले विभिन्न गतिविधि गर्दै जाने बताए । कार्यक्रममा विजयीहरुलाई नगद र प्रमाणपत्र एवं सहभागीहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रममा बेथानचोक गाउँपालिकाका प्रशासकीय अधिकृत विश्वनाथ दाहाल, स्थानीय जनप्रतिनिधिहरु, विभिन्न महिला समूहका प्रदाधिकारीहरु, वडा नं. १ भित्रका विभिन्न विद्यालयका प्रधानाध्यापक, दलीय प्रतिनिधी, शिक्षक विद्यार्थीहरु तथा स्थानीयको बाक्लोे उपस्थिति रहेको थियो ।