बेथानचोकमा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, ३ जना घाइते
![](https://www.bethanchokkhabar.com/wp-content/uploads/2023/06/Jeep-accdent-kavre.jpg)
काभ्रे । बेथानचोकमा बोलेरो गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दिउँसो बेथानचोक गाउँपालिका–४ पडगाउँ डाँडादेखि क्लबघर निस्कने सडकमा बा १७ च ३०१७ बोलेरो गाडी दुर्घटना भएको हो।
दुर्घटनामा बेथाञ्चोक गाउँपालिका–४ पडगाँउ डाँडाका दलबहादुर तामाङको मृत्यु भएको हो । उनको बनेपा स्थित शिर मेमोरियल हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपा काभ्रेका प्रहरी नायव उपरिक्षक रेशम बोहराले जानकारी दिए ।
तीव्र गतिको बोलेरो गाडी अनियन्त्रीत भइ सडकबाट अन्दाजी २०० मिटर तल खसेको बोहराले जानकारी दिए ।
दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् । घाइतेहरुको बनेपास्थित शिर मेमोरियल अस्पताल उपचार भइरहेको छ।
दुर्घटनामा घाइते भएका सवारी चालक चालक श्रीराम खत्रीको दुबै खुट्टामा चोट लागेको छ भने गाडीमा सवार राजु लामाको टाउकोमा चोट लागेको छ । अर्का घाइते धमाइ तामाङको शरिरमा सान्य चोट लागेको बोहराले बताए ।