बबिनाको ‘माया आफै हुन्छ’ बजारमा

गायिका बबिना भट्टराईको स्वर तथा संगीत रहेको गीत ‘माया आफै हुन्छ’ सार्वजनिक गरिएको छ ।

सार्वजनिक गीतमा बिबि थापाको शब्द, संजय श्रीपालको संगीत संयोजन र प्रकाश खरेलको मिक्सिङ्ग तथा मास्टरिङ रहेको छ । प्रेमभाव समेटिएको गीतको भिडियो भने स्टुडियो भर्सनमा सार्वजनिक गरिएको छ ।

भिडियोलाई सरोज रञ्जितकारले छायाँकन तथा सम्पादन गरेका हुन् । सुमधुर आवाजकी धनी गायिका बबिनाका यसअघि ‘कति मिठो भूल’, ‘तिम्रै लागि’ लगायतका गीतहरु सार्वजनिक भइरहेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :- 

सिफारिस

ताजा समाचार

लोकप्रिय