काभ्रे । भुम्लु गाँउपालिकाकाे १३औं गाँउसभा सम्पन्न भएको छ। भुम्लु गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि ५८ करोड ६८ लाख १८ हजार रुपैंयाको अनुमानित आय ब्यय प्रस्तुत गरेको छ।
गाँउपालिकाकाे सभा हलमा अध्यक्ष प्रेम बहादुर भुजेलले आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो । प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ काे नीति तथा कार्यक्रममा गरिव, अपांग, दलित तथा पिछडा वर्गलाई नि:शुल्क स्वास्थ बिमा, याेग, ध्यान केन्द्र स्थापना, सरकारकाे नीति अनुसार विद्यालयमा प्रधानाध्यापक खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति अनिवार्य गर्ने कार्यक्रम रहेको गाँउपालिका प्रमुख भुजेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
प्रस्तुत कार्यक्रममा विद्यालयकाे पठनपाठनमा प्रगति विवरण पेस गर्न विद्यालय व्यवस्थापन र प्रअसँग वार्षिक सम्झौता गरिने छ । खेलकुदकाे क्षेत्रलाई अपनत्व दिलाउन पालिका कप प्रतियाेगिता संचालन गर्ने, संघिय नीति अनुसार विद्यार्थीले पढदै, कमाउदै गर्ने सिपमुलक कृयाकलापलाई भुम्लु गाँउपालिकाले सुरु गर्ने भएको छ ।
आयुर्वेद स्वास्थलाई ध्यानमा राखेर कुनै दुई प्रकारका जडिबुटीका गहन अध्यायन गर्ने लगायत पर्यटन प्रवर्धनका कार्यक्रम प्रस्तुत बजेटमा घाेषणा भएको छ।
उपाध्यक्ष जितेन्द्र मान तामाङले आर्थिक वर्ष २०८०/८१काे विनियोजन विधेयक प्रस्तुत गर्नु भयो भने प्रशासकिय अधिकृत विष्णुप्रसाद सुवेदीले कार्यक्रम संचालन गरेका थिए ।
सभामा उपस्थित सदस्यहरुले आ- आफ्ना सुझाव प्रस्तुत गरेका थिए। दफाबार छलफल भए पश्चात् अध्यक्षले एक एक प्रश्नकाे जवाफ दिनु भएको थियो । प्रस्तुत नीति तथा कार्यक्रम ,बजेट ,र केही ऐनहरु बहुमतले पारित गरे ।



















