काठमाडौं । नेपाली कथानक चलचित्र ‘परस्त्री’ भोलि रिलिज हुने भएको छ । शुक्रबार रिलिज हुने भनिएको चलचित्र एक दिन अगाडि रिलिज हुने भएको हो ।
‘परस्त्री’लेखक तथा निर्मातासमेत रहेका दीपेन्द्रके खनालले हिन्दी सिनेमा बिहीबार रिलिज हुने भएकाले आफूहरूले पनि ‘परस्त्री’ भोलि नै रिलिज गर्न लागेको जानकारी दिए । सुरज पाण्डेको निर्देशन ‘परस्त्री’मा शिल्पा मास्के कोसिस क्षेत्री, गौरव विष्ट मुख्य भूमिकामा छन् । दीपेन्द्र के खनालले लेखेको चलचित्रकी निर्मात्री शर्मिला पाण्डे हुन् ।
‘परस्त्री’ हिन्दी भाषामा भारतमा पनि रिलिज हुँदै छ ।



















