निजि प्राबिधिक शिक्षालय महासंघको महाधिवेशन सम्पन्न, अध्यक्षमा अरुण कुमार पाण्डे

काठमाडौ । प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिभिटि) अन्तर्गत निजि स्तरमा संचालित शिक्षण सस्थाको छाता संगठन निजि प्राबिधिक शिक्षालय महासङ्घको ८ औं महाधिवेशन काठमाडौंमा सम्पन्न भएको छ ।
शनिबार सम्पन्न भएको महाधिवेशनले अध्यक्षमा अरुण कुमार पाण्डेको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन भएको छ । त्यस्तै बरिस्ठ उपाध्यक्षमा राम प्रसाद पौडेल, कोशी प्रदेश अध्यक्षमा भगवान झा, मधेस प्रदेश अध्यक्ष रामेश्वर नारायण झा, बागमती प्रदेश अध्यक्ष रमेश कुवर, गण्डकी प्रदेश अध्यक्ष चन्दन बाबू खत्री, लुम्बिनी प्रदेश अध्यक्ष त्रिलोचन पौडेल, कर्णाली प्रदेश अध्यक्ष दुर्गा भण्डारी, सुदुर पश्चिम अध्यक्ष किशोर पान्डे, महासचिव भुवन चक्र जोशी, सचीव ध्रुब शर्मा र कोषाध्यक्ष दोर्ण ओलि चयन भएका छन ।
त्यसरी नै सदस्यहरुमा सिन्धु मल्ल, सुनिल घिमिरे, राजेन्द्र शर्मा, अमृत बुढाथोकी र धन प्रसाद (डि.पि.) खनाल चयन भएका छन ।
साथै संरक्षकमा सस्थाका सस्थापक अध्यक्ष दुर्गा उप्रेती र सल्लाहकार समितिमा इन्जिनियर शैलेन्द्र मोहन झा, बसन्त राज खनाल, दुर्गा भुषाल, भैरब बोहरा धर्मराज गिरी रहेका छन ।
महाधिवेशनको उद्घाटन कार्यक्रमको अध्यक्षता महासंघको अध्यक्ष बसन्त राज खनालले गरेका थिए भने प्रमुख अतिथि सिटिइभिटी परिषद सदस्य इन्जिनियर शैलेन्द्र मोहन झा तथा विशेष अतिथि फोरम फर हेल्थ एन्ड टेक्निकल साइन्सका अध्यक्ष नेत्र चटौत लगाएतको उपस्थितिमा सम्पन्न भएको थियो । कार्यक्रम सन्चालन सचीव भुवन चक्र जोशीले गरेका थिए ।