चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४, धारापानीमा आज बिहान तीनवटा सवारीसाधन आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्।
बिहान ८:४५ बजे भएको दुर्घटनामा काठमाडौं आउने र मुग्लिनतर्फ जाने बस, ट्रक तथा माइक्रोबस संलग्न रहेका छन्।
दुर्घटनापछि घाइतेहरूको अवस्था, उद्धार तथा घटनाको कारणसम्बन्धी थप विवरण आउन बाँकी रहेको छ।


