पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ बल्घामा अटो दुर्घटना हुँदा छ जना घाइते भएका छन्। घाइतेमध्ये ३८ वर्षीया यमकला खाम्चाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
बल्घाबाट कटौजेतर्फ जाँदै गरेको लु प्र ०१००१ ह २४४४ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको थियो। अटोमा चालकसहित आठ जना सवार रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका सबैको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ। एक बालकसहित पाँच जनाको अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


