सुन र चाँदीको मूल्यमा वृद्धि

 काठमाडौं । बुधबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको प्रतितोला मूल्य २०० र चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १० हजार ६००, तेजावी सुनको मूल्य १ लाख १० हजार ५० र चाँदीको मूल्य १ हजार ३८० रुपैयाँ तोकिएको छ ।

मंगलबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १० हजार ४००, तेजावी सुनको मूल्य १ लाख ९ हजार ८५० र चाँदीको मूल्य १ हजार ३७५ रुपैयाँ तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस