साउन अन्तिममा ग्रेड वृद्धि परीक्षा हुने, इ र डी ले अनिवार्य दिनुपर्ने

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि परीक्षा साउन अन्तिममा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईईको ग्रेड वृद्धि परीक्षामा साउनको अन्तिममा गर्ने भएको हो । बोर्डले आज एसईईको नतिजा सार्वजनिक गरेको छ ।

परीक्षामा ३.६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ । जुन कुल परीक्षार्थीको २.९ प्रतिशत रहेको बोर्डले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९ र  २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२, २.४ देखि २.८ जीपीए ल्याउनेको संख्या ८९ हजार ३३१ जना रहेको छ ।

सबैभन्दा धेरै २ देखि २.४ जीपीए ल्याउने विद्यार्थी छन् । उनीहरुको संख्या १ लाख २ हजार २९३ छ । यस वर्षको एसईईमा ४ लाख ८४ हजार ९३९ जना परीक्षार्थी सहभागी भएका थिए ।

उक्त परीक्षामा ग्रेड ‘सी’ देखि ‘इ’ ग्रेडसम्म नतिजा ल्याउने विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन पाउने बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए । त्यसका लागि अहिले नै निर्णय नभइसकेको र केही दिनमा सूचना जारी गरिने बताए ।

त्यस्तै ‘डी’ र ‘सी’ सम्म ग्रेड ल्याउने विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् । इ र डी ले अनिवार्य रूपमा ग्रेड वृद्धि परीक्षा दिनुपर्छ । तर, डी प्लस र सी ले भने ग्रेड वृद्धि गर्न चाहेको खण्डमा मात्र परीक्षा दिनुपर्छ । त्यसका लागि अनिवार्य गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस