
काठमाडौं– काठमाडौंको ठमेलस्थित लर्ड अफ ड्रिम्स (एलओडी) क्लबका सञ्चालक राजुसिंह सुवाललाई प्रहरीले पक्राउ गरेको छ ।
बालबालिकालाई क्लबभित्र प्रवेश गराएको आरोपमा ललितपुर प्रहरी परिसरले उनलाई पक्राउ गरेको हो । एलओडीमा गएकी १६ वर्षीया बालिका बलात्कृत भएको घटना सार्वजनिक भएपछि प्रहरीले अनुसन्धानका क्रममा उनलाई पक्राउ गरेको छ ।
सञ्चालक सुवाललाई काठमाडौं प्रहरीको सहयोगमा बालुवाटारबाट पक्राउ गरिएको परिसरका एसएसपी सिद्धिविक्रम साहले जानकारी दिए ।