
काठमाण्डौं– नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठक आज पनि बस्ने भएको छ । बिहीबारबाट सुरु भएको जिल्लासभापतिहरूको बैठक आज पनि बस्ने भएको हो । आज बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेदेखि सुरु हुनेछ । बिहीबारको बैठकमा २६ जना जिल्ला सभापतिहरूले आफनो धारणा राखेका थिए भने बाँकीले आज आफनो धारणा राख्ने भएका छन् ।
बैठकमा ४२ जिल्ला सभापति र १८ जना जिल्ला सभापतिले पठाएका प्रतिनिधिहरु सहभागी रहेका छन् । जिल्ला सभापतिहरूले धारणा सुने पछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले त्यसको जवाफसहित पार्टीको निर्देशन दिने कार्यक्रम रहेको छ ।