सी इमर्जिङ टिम्स एसिया कपमा नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने
शुक्रबार, आषाढ २२, २०८० | ४:०८:००

काठमाण्डौं– आगामी असार २८ देखि श्रीलंकामा सुरू हुने एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले पहिलो खेलमा पाकिस्तानको ‘ए’ टिमसँग प्रतिस्पर्धा गर्ने भएको छ। एसियाली क्रिकेट काउन्सिल ९एसिसी० ले प्रकाशन गरेको खेल तालिकाअनुसार नेपाल र पाकिस्तानबीचको खेल असार २९ मा हुनेछ।
नेपालले दोस्रो खेल भारतको ‘ए’ टिमसँग साउन १ मा खेल्नेछ। यस्तै युएईको ‘ए’ टिमसँग नेपालको खेल साउन ३ मा हुनेछ। दुई समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल साउन ७ मा हुनेछ।
समूह ए – श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए, ओमान ए समूह बी – पाकिस्तान ए, भारत ए, नेपाल, युएई ए