आज सातै प्रदेशमा वर्षा हुने, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरीकाे सम्भावना
शनिबार, आषाढ २३, २०८० | ०:१२:४५
काठमाण्डौं–आज सातै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक(दुई स्थानमा चट्याङसहित भारी वर्षा हुने सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू(भागका केही स्थानमा हावा(हुरी चल्ने पूर्वानुमान गरिएको छ । शनिबार राति सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ(गर्जनरचट्याङ्सहित भारी वर्षाको सम्भावना छ।
भोलि आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। भोलि सातै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा मेघ(गर्जनरचट्याङ्ग सहित भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।