बागमती प्रदेश स्तरिय गणित शिक्षकको धुलिखेलमा सम्मेलन

काभ्रे । बागमती प्रदेश स्तरिय गणित शिक्षकको धुलिखेलमा सम्मेलन सम्पन्न भएको छ । सोमबार भएको एक दिने सममेलन शैक्षिक तालिम केन्द्र धुलिखेलको आयोजनामा बागमती प्रदेशको १३ जिल्ला बाट शिक्षकहरुको सहभागिता रहेको थियो ।
बागमती प्रदेश स्तरिय सम्मेलनमा गणित बिषयका शिक्षकहरु एक सय जनाले सम्मेलनमा भाग लिएका थिए । प्रदेश स्तरिया सम्मेलनमा शिक्षा बिज्ञ शुशिल खनाल, शक्तिप्रसाद आचार्य र राजुकान्त आचार्यले कार्यपत्र प्रस्तुत गरिएको थियो । प्रस्तुत कार्यपत्र माथि काठमण्डौ विश्व बिद्यालयको प्राध्यपक विनोद पन्त र बासु प्रसाद सुवेदीले टिप्पणी प्रस्तुत गरिएको थियो ।
धुलिखेलमा भएको प्रदेश स्तरिय गणित बिषयको शिक्षकहरुको सम्मेलन कार्यक्रममा बागमती प्रदेशको सामाजिक बिकास मन्त्री कुमारी मोक्तानको प्रमुख अथित्यमा भएको थियो । कार्यक्रममा बोल्दै मन्त्री मोक्तानले प्रदेश सरकारले शिक्षा क्षेत्रमा सुधार गर्नको लागि मसिनो तरिकाले बजेट ल्याएको बताईन् ।
प्रदेश सरकार, स्थानिय सरकार र संघ सरकारको लगानी अनुसारको शिक्षा क्षेत्रमा सुधार गर्न कठिन भएको अब तीन तहकै सरकारले अगामी दिनमा शिक्षामा सुधार ल्याउनको लागि काम गरिरहेको उनले बाईन् । कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतमले शिक्षा क्षेत्रमा रहेका हरेकखाले समस्यहरु समधान गर्न सबै तहको सरकारले काम गरिरहेको बताए ।