ब्लड क्यान्सर पीडितलाई आर्थिक सहयोग

काभ्रे । ब्लड क्यान्सरबाट पीडित तेमाल गाउँपालिका-७ का ११ वर्षीय अंकितकुमार मोक्तानको उपचारका लागि ३ लाख २७ हजार १ सय रुपियाँ हस्तान्तरण गरिएको छ ।

नेपाली कांग्रेस काभ्रे क्षेत्र नं १ को प्रदेश सभा १ (क) को अगुवाइमा संकलन भएको उक्त रकम बुधवार वागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रीसमेत रहेका नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले पीडितका बुबा अनिलकुमार मोक्तान र आमा शान्ति तामाङलाई हस्तान्तरण गरेका थिए ।

कांग्रेस प्रदेश १ (क) क्षेत्रीय कार्यसमिति सदस्यबाट संकलित १ लाख १ सय र अन्य सहयोगी दाताबाट संकलित रकमसमेत गरी ३ लाख २७ हजार १ सय रकम हस्तान्तरण गरिएको अभियानको संयोजन गरेका क्षेत्रीय कार्यसमितिका कोषाध्यक्ष रमेश तामाङले जानकारी दिए ।

सहयोग हस्तान्तरण गर्दै मन्त्री लामाले बालकको उपचारको लागि सरकारको तर्फबाट पनि उपचारमा सहयोग गर्ने प्रतिवद्धता जनाए । सहयोगप्रति आभारी रहेको जनाउँदै अंकितकुमारले नयाँ जीवन पाउने आशा जागेको बताए ।

सहयोग हस्तान्तरण कार्यक्रम नेपाली कांग्रेस क्षेत्र नं १ (क) का सभापति राम योञ्जन, उपसभापति रणबहादुर तामाङ, सचिव दावा फेन्चु लामा, कोषाध्यक्ष रमेश तामाङ, सदस्य डम्बर लामा, कांग्रेस क्षेत्र नं २ (क) का सचिव सजय तामाङ, तेमाल गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङ को उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस