‘नांगो गाउँ’को टिजर : गाउँमा राजनीतिक नोकझोंकको कथा

काठमाडौ । भदौ २९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको मल्टिस्टारर फिल्म ‘नांगो गाउँ’को टिजर सार्वजनिक भएको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्मको टिजरमा चुनावी सन्दर्भमा गाउँमा हुने राजनीतिक परिवेशलाई चित्रण गरिएको छ । टिजरले फिल्मका शीर्ष पात्रहरुको चरित्र स्थापना गरेको छ । जसअनुसार दयाहाङले पासाङ तामाङ नामक एक इमान्दार शिक्षकको भूमिका निर्वाह गरेका छन् । शिशिर बाङ्देलले जरी लामा नामक गाउँका अध्यक्षको भूमिका निर्वाह गरेका छन् । समग्रमा फिल्मको कथावस्तु यी दुई शीर्ष पात्रको वरपर घुम्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस