
काठमाडौं । नेपाल प्रहरीका एक जना प्रहरी उपरीक्षक (एसपी) र २ जना नायब उपरीक्षक (डीएसपी) को काज सरुवा भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयले अर्को आदेश नभएसम्मको लागि सोमबार एक एसपी र दुई डीएसपीको काज सरुवा गरेको हो ।
नेपाल प्रहरी प्रधान कार्यालयले एसपी सिताराम रिजाललाई जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुखको जिम्मेवारी दिएको छ । यसअघि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत एसपी बामदेव गौतम अनिवार्य अवकाशमा गएपछि रिजाललाई मकवानपुर प्रहरी प्रमुखको जिम्मेवारी दिईएको हो ।
त्यस्तैगरी, डीएसपी दधिराम न्यौपानेलाई जिल्ला प्रहरी कार्यालय बारामा काज सरुवा गरिएको छ भने नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, नक्साल काठमाडैंमा डीएसपी पुरुषोत्तम प्रसाद पाण्डेको काज सरुवा भएको छ ।