बुधबार, फाल्गुण २७, २०८२
केयू स्कुल अफ मेडिकल साइन्सेजको डीनमा डा. मनोज हुमागाईं

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)को स्कूल अफ मेडिकल साइन्सेजको डीन पदमा प्राडा मनोज हुमागाईं नियुक्त भएका छन्।

पनौती नगरपालिका–२, कुशादेवी निवासी प्राडा हुमागाईं मंगलबार डीनमा नियुक्त भएका हुन्। यसअघि डा. राजेन्द्र कोजु डीन थिए। उनले दुई कार्यकाल डीनका रुपमा जिम्मेवारी सम्हालेका हुन्।

डा. कोजुको कार्यकाल सोमबारबाट सकिएको हो। केयूमा दुई पटकभन्दा बढी एकै व्यक्ति डीन हुन नपाउने व्यवस्था रहेको छ।

नवनियुक्त डा हुमागाईं यसअघि एसोसिएट डीन थिए।

सिफारिस

ताजा समाचार

लोकप्रिय