काभ्रेका महिलाको स्वास्थ्य अभियान लियो क्लव अफ काठमाडौ रेसुङ्गा

काभ्रे । महिलाको स्वास्थ्यमा हुने समस्या सम्बन्धि सचेतना कार्यक्रम गत शनिवार कुशादेवीमा सम्पन्न भएको छ ।

लियो क्लव अफ काठमाडौ रेसुङ्गा र जागृत कुशादेवी साकोसको सहकार्यक्रमा सम्पन्न भएको कार्यक्रममा कुशादेवीका ८० भन्दा बढि महिलाको सहभागिता रहेको थियो ।

कार्यक्रममा महिलाको स्वास्थ्य सम्बन्धि अनुशिक्षण दिइएको थियो । खासगरी महिनावारीका समय हुने समस्या र त्यसको समधान एवम यौन सम्बन्धि उपयोगि शिक्षाको बारेमा विज्ञहरु शुसिल खनाल र आकृति चम्लागाइले सहभागि महिलाहरुलाई प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा सहभागि महिलाहरुलाइ आयोजकले सेनिटेरी प्याड समेत वितरण गरिएको थियो । आगामी दिनमा महिला स्वास्थ्य र महिला उद्यमका लागि थप कार्यक्रम सञ्चालन गर्ने गरि लियो क्लव अफ काठमाडौ रेसुङ्गा अगाडी बढेको प्रेसिडेन्ट डालिया सापकोटाले बताइन ।

सिफारिस

ताजा समाचार

लोकप्रिय