ठूलो मात्रामा ब्रेक शु बरामद
बुधबार, साउन १०, २०८० | १६:३४:१३

काठमाडौं । राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौंको सोह्रखुट्टेस्थित एक गोदाममा छापा मारेको छ ।
बुधबार साँझ काठमाडौंको सोह्रखुट्टेस्थित झण्डै एक क्न्टिल सुन प्रकरणमा जोडिएको रेडी ट्रेडको गोदाममा ६६ कार्टुन ब्रेक प्याड बरामद गरेको हो ।
उक्त गोदामबाट विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद गरेका पोकाहरूजस्तै फेला पारेको छ ।
ब्रेक शु, डिस्क ब्रेकका सामानसँगै सुन नाप्ने मेसिन, हिटर पनि बरामद भएको स्रोतले बताएको छ । ती बाकसमा सुन राखिएको आशंका गरिएको छ ।