विराटनगरमा सवारी दुर्घटना, २ जनाको मृत्यु

विराटनगर । खोटाङ र तेह्रथुमको दुई छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

हिजो (बिहिबार) दिउँसो १ बजे खोटाङको खोटेहाङ गाउपालिका- ६ कच्चि सडक खण्ड स्थितमा खोटाङ बजारबाट रसुवातर्फ जादै गरेको ना ६ त २४६६  नम्बरको ट्याक्टर सडकबाट अन्दाजि ५० मिटर तल झरी दुर्घट्ना हुँदा घाईते भएका ट्याक्टर चालक खोटेहाङ- ३ का २३ बर्षीय पवन तामाङलाई उपचारको लागि धरान घोपातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

त्यसैगरी तेह्रथुमको आठराई गाउँपालिका- ६ स्थित बा. ६८ प ५८३८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका आठराई- ३ का २५ बर्षीय नबिन थिङलावुको फिदिम अस्पतालतर्फ लग्दै गर्दा बाटोमा मृत्यु भएको हो भने घाईते भएका मोटरसाईकल चालक धरान- १५ का २६ बर्षीय सुरेन्द्र राईलाई सामान्य उपचार पश्चात थप उपचारको लागि धरान तर्फ रिफर गरिएको ईलाका प्रहरी कार्यालय आठराईले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय