करेन्ट लागेर बालकको मृत्यु

सुनसरी । सुनसरीको दुहबी नगरपालिका-२ स्थितमा करेन्ट लागेर बालकको मृत्यु भएको छ ।

हिजो साँझ साढे ७ बजे आफ्नै घरमा सिटी सफारी चार्जमा हाली राखेको अवस्थामा कुशुम लाला साहको छोरा ३ बर्षीय दिनेश शाह सोही सिटी सफारीमा खेल्ने क्रममा अचानक करेन्ट लागि घाईते भई उपचारको लागि बिराट टिचिङ हस्पिटल लगिएकोमा उनको मृत्यु भएको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस