लागुऔषध ब्राउन सुगर सहित ६ जना पक्राउ

बिराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय PIT समुह र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउनसुगर सहित छ जनालाई पक्राउ गरेको छ ।

हिजो सुनसरीको धरान उप-महानगरपालिका- ८ स्थितमा लागुऔषध बिक्रि बितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको PIT समुहबाट खटिएको प्रहरी टोलीले स्थानीय २२ बर्षीय साजन बि.क.,३३ बर्षीय सिताराम तामाङ, ४२ बर्षीय जनक राई, ३५ बर्षीय रबिन बराईली र २४ बर्षीय आलोक मगरलाई  २ ग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो ।

त्यसैगरी मोरङको रंगेली नगरपालिका-४ स्थित ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले भारतिय नागरीक ७० बर्षीय भल्लु पासवानलाई शंका लागि चेकजाँच गर्ने क्रममा उनको साथबाट ४ ग्राम ७ सय ९० मिलिग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस