काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार सूनको मूल्य आज प्रतितोला ९ सय रुपैयाँले घटेको हाे । शुक्रबार सुन १ लाख १२ हजार ६ सय रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ । यस्तै आज तेजावी सुनको मूल्य १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको छ ।
बिहिबार सुनको मुल्य तोलामा ८ सय रुपैयाँले बढेर १ लाख १३ हजार ५ सय रुपैयाँ कायम रहेको थियो भने तेजावी सुन १ लाख १२ हजार ९५० रुपैयाँमा किनबेच भएको थियो । साथै, चाँदी पनि आज तोलामा ४० रुपैयाँले घटेर १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको छ ।



















