बुधबार, फाल्गुण २७, २०८२
सवारी दुर्घटनामा परी प्रहरी जवानको मृत्यु

कैलालीमा । सवारी दुर्घटनामा परी नेपाल प्रहरीका एक जवानको मृत्यु भएको छ। अर्का एक जवान गम्भीर घाइते भएका छन्।

आइतबार साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत गोदावरी नगरपालिका-३ को चौकीडाँडामा प्रहरी जवानद्वय सवार सुपप्र ०१०११ प ७३२० नम्बरको मोटरसाइकललाई सुपप्र ०१ ००२ त ६४१९ नम्बरको ट्र्याक्टरले ठक्कर दिएको थियो।

ट्र्याक्टरको ठक्करबाट घाइते नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत प्रहरी जवान कपिल कठायतको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा आइतबार राति साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

यस्तै मोटरसाइकल पछाडि सवार अर्का प्रहरी जवान हेमराज डाउका गम्भीर घाइते छन्। डाउका अस्थायी प्रहरी पोष्ट राजपुर डोटीमा कार्यरत हुन्। उनी ४ दिन क्याबी भैपरी आउने बिदामा बसेका थिए।

डाउकाको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ । घटनापछि ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय