युरोपेली लिगका लागि सावित्रा इजरायल प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी युरोपेली लिगका लागि इजरायल प्रस्थान गरेकी छन् । इजरायली लिगका लागि उनी मंगलबार बिहान त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

सावित्राले इजरायली शीर्ष डिभिजन लिग खेल्ने होपाइल रानाना महिला फुटबल क्लबसँग सम्झौता गरेकी छन् । उनले एक सिजनका लागि रानानासँग सम्झौता गरेकी हुन् ।

भौगोलिक रुपमा एसियामा रहे पनि इजरायलले युरोपेली फुटबल महासंघ (यूईएफए)को सदस्यता लिएको छ । यसैकारण सावित्रा युरोपेली लिगको अनुभव लिने राष्ट्रिय टिमकी पहिलो सदस्य बन्दै छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस