काभ्रेका थापाले मच्चाए पर्थमा चुनावी हंगामा

काभ्रे । अहिले एनआरएन निर्वाचन विश्वका विभिन्न स्थान भैरहेको छ । नेपालीहरुको आकर्षक मानिएको अष्ट्रेलियाका विभिन्न राज्यमा पनि निर्वाचन सम्पन्न भएका छन ।

निर्वाचानका क्रममा विभिन्न पार्टि आवद्ध संघ संस्थाको एकता भएर पनि निर्वाचन भएका छन । अष्ट्रेलिया स्थित वयस्टन अष्ट्रेलियाको पर्थ राज्यको डेपुटि कोआडिनेटरको लागि २९ जुलाइमा भएको निर्वाचनको परिणाम निकै चासो साथ हेरियो ।

यसको खास कारण थियो‘स्वतन्त्र उम्मेदवार बनेका गोकुल गोदार कास्यप थापाले पाएको मत । उनी कुनै पनि गठबन्धन विना नै उम्मेदवार बनेका थिए ।

काभ्रे स्थित बनेपा निवासी थापा उप विजेता बनेपनि उनले धेरै मतदाताको मन जिते । थापा १६ वर्ष देखि पर्थमा बसोबास गर्दै आएका छन । उनले नेपालका विभिन्न स्थानमा सामाजिक काममा क्रियाशिल बन्दै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस