काठमाडौं प्रहरी प्रवक्तामा जिम्मेवारी एसपी ढुंगेल

काठमाडौ । जिल्ला प्रहरी परिसर, काठमाडौंको प्रवक्तामा प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेल तोकिएका छन्।

यसअघि परिसरको प्रवक्ता रहेका एसपी सीताराम रिजालको जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा काज सरूवा भएपछि एसपी ढुंगेललाई उक्त जिम्मेवारी दिइएको हो।

मकवानपुर प्रहरी प्रमुख रहेका एसपी वामदेव गौतम उमेर हदका कारण अवकाशमा गएपछि रिजालको त्यहाँ काज सरूवा गरिएको हो ।

रिजालको काज सरूवासँगै परिसरद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमरूमा सम्प्रेषण गर्नका लागि ढुंगेललाई सो जिम्मेवारी प्रदान गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस