बुधबार, बैशाख १६, २०८३
छात्रा माथि यौन दुर्व्यवहार गर्ने पनौतीका शिक्षक गौतम पक्राउ

काभ्रे । छात्रा माथि यौन दुर्व्यवहार गरेको आरोप लागेका काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नं.–२ मा रहेको कुशादेवी मा.वि.को गणित शिक्षक तथा सहायक प्रधानाध्यापक छवि रमण गौतम पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डिएसपी रेशम बोहराका अनुसार आज शुक्रवार गौतमलाई पक्राउ गरिएको हो ।डिएसपी बोहराका अनुसार गौतमलाई बनेपाबाट पक्राउ गरिएको हो । अब किटानी जाहेरी अनुसार गौतम माथि अनुसन्धान हुने उनले बताए ।

गत बुधवार सो विद्यालयका ११ जना छात्राहरूले आफूहरू माथि शिक्षक गौतमले यौन दुर्व्यवहार गरेको भन्दै इलाका प्रहरी कार्यालय बनेपामा विद्यालयका प्रधानाध्यापक, विब्यसका पदाधिकारी सहितको रोहबरमा ११ जना छात्राले किटानी जाहेरी दिएको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय