शरदलाइ भोट गरी टप ५ मा जिताउने समय भोलि २ बजे सम्म

काभ्रे । यतिबेला सांगेतिक क्षेत्रमा काभ्रेका २२ वर्षिय केटोले हंगामा मञ्चाइ रहेका छन ।

उनी हुन, शदर हुमागाई । जिल्लाको पनौती नगरपालिका वडा नम्बर-२ कुशादेवीका हुमागाईले विश्वका ५२ देशबाट छनौट भएका प्रतिस्पिर्धिहरु संग प्रतिस्पर्दा गर्दै मेरो भ्वाईस युर्निभसमा टप ६ मा आइपुगेका छन ।

मेरो भ्वाईस युर्निभसमा ६ औँ स्थान पक्का बनाएका उनलाई आगामी यात्राका लागि मतदान गर्नु पर्ने हुन्छ । शरद गीत संगीतमा मात्र नभई पढाइ र खेलकुदमा पनि उत्तिकै राम्रो मानिन्छन् ।

उनले लिलावती नेशनल एकेडेमीबाट आफ्नो प्रारम्भीक शिक्षा प्राप्त गरे र उनी त्यहांको एउटा नमुना विद्यार्थीको रुपमा परिचित छन् । उनी अहिले बनेपामा रहेको एउटा कलेजमा विसिएको पाँचौँ समेस्टर मा अध्ययन गरिरहेका छन् । शरद त्यहाको उत्कृष्ट विद्यार्थी पनि हुन् ।

संघर्षलाई सधैँ आत्मसाथ गर्दै आएका शरदले गित संगितका कुनै कक्षा लिएका थिएनन । तर, यतिबेला उनको आवाजले धमका मच्चाउँदा सबै काभ्रेलीको शिर उच्च भएको छ । टप ६ सम्म आइपुगेका हुमागाई मेरो भ्वाईस युर्निभसमा जिताउँनका लागि भोट गर्नु पर्ने हुन्छ ।

उनलाई टप ५ मा पुर्याउँन भोली आइतबार दिउसो २ बजे सम्म भोट गर्नु पर्ने हुन्छ । जसका लागि प्ले स्टोरबाट MY Intra एप डाउनलोड गर्न सकिन्छ वा उल्लेखित लिङ्कबाट पनि गर्न सकिन्छ ।

https://merovoice.myintraapp.com/ https://merovoice.myintrapp.com/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस