सोमबार, बैशाख ०७, २०८३
ल्हारक्याल लामाको नियुक्तिप्रति माओवादीमा असन्तुष्टि

काठमाडौं । सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा विवादित पृष्ठभूमिका डाक्टर ल्हारक्याल लामालाई नियुक्त गरेपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्रभित्र असन्तुष्टि देखिएको छ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले हिजो (आइतबार) सकिएको पार्टीको केन्द्रीय समिति बैठकले गरेका निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

न्यौपानले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘रूपान्तरण अभियानको उद्घाटन भदौ १६ मा गर्ने निर्णय थियो, तर बैठक सकिएकै दिन लुम्बिनीबाट सुरु भइसकेछ।’

मन्त्रिपरिषद् बैठकले विवादित लामालाई ५ वर्षे कार्यकालका लागि लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गरेको निर्णय आइतबार सार्वजनिक भएको थियो।

विवादित पृष्ठभूमिका ल्यारकाल लामा १६ गते नै लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएका थिए । लामा दोहोरो नागरिकता, भारतीय रासनकार्डरराहदानी, तिब्बती शरणार्थी परिचयपत्र, वैदेशिक रोजगारीका नाममा ठगी र अकुत सम्पत्ति, बैंकको लकरमा गोली लुकाएको अभियोगमा पक्राउ परेका थिए।

सिफारिस

ताजा समाचार

लोकप्रिय