ट्रायल सेन्टरमा अर्काको नाममा परीक्षा दिने व्यक्ति पक्राउ
काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका ५ गुर्जुधाराबाट अर्काको नामको चारपाङ्ग्रे सवारी साधनको ट्रायल दिंदै गरेका नक्कली परीक्षार्थीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
यातायात व्यवस्था कार्यालय ठूलो भर्याीङले गुर्जुधारामा सञ्चालन गरेको प्रयोगात्मक परीक्षामा दैलेखको महाबु गाउँपालिका-१ का ३५ वर्षीय निरज पाठकको सट्टामा ट्रायल दिंदै गरेका ललितपुरको सातदोबाटो बस्ने कालीकोटको महावै गाउँपालिका ६ का ३३ वर्षीय गगन शाहीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रारम्भिक चेकजाँच गर्दा पाठकको नागरिकतामा शाहीले फोटो टाँसेर ट्रायल परीक्षा दिएको पाइएको थियो ।
शाहीमाथी लिखत सम्बन्धी कसूरमा ५ दिन म्याद थप गरि प्रहरी वृत्त थानकोटबाट अनुसन्धान अगाडी बढाइएको छ ।
अर्काको नाममा झुक्याएर ट्रायल दिने प्रवृत्तीलाई रोक्नको लागी विशेष कडाइ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।