शरद हुमागाईलाई जिल्लामा भव्य स्वागत

काभ्रे । रियालिटी सो ‘मेरो भ्वाईस युनिभर्स’को प्रतिस्पर्धामा काभ्रे जिल्ला पनौती नगरपालिका वडा नम्बर-२ स्थित कुशादेवीका युवा शरद हुमागाई फाइनल चरणमा प्रवेश गरेका छन् । अन्तिम प्रतिस्पर्धीका रुपमा छनौट भएका शरदलाई जिल्लावासीहरूले भव्य स्वागत गरिरहेका छन् ।

‘जिल्लावासीहरूले निरन्तर १२ औँ चरणदेखि अन्तिम चरणमा ल्याउन अथक मेहनत गर्नुभएको छ’ शरद हुमागाईँले भने, ‘अन्तिम चरणमा पाँच जना मध्ये सबै भन्दा कम उमेरको म नै हुँ । विगतमा जस्तै यो अन्तिम पटक मेरा लागि मन र मत दिएर सहयोग गर्न अनुरोध गर्दछु ।’ उनी शुक्रवार दिउँसो देखि सोमबार बिहानसम्म जिल्लामा रहनेछन् ।

जिल्लामा रहँदा उनलाई जिल्ला समन्वय समिति, नागरिक समाज, राजनीतिक दल, स्थानीय तह, सांसदहरु तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले अग्रिम बधाई तथा शुभकामना साथै मतदान गर्न अपिल गरिरहेका छन् । यो प्रतियोगितामा शरद जिल्लाबाट मात्रै नभई बागमती प्रदेशका एक्ला प्रतिस्पर्धी हुन् ।

शरदकी आमा विनीता हुमागाईँले सानैदेखि सङ्गीत प्रति रुचि राखेको भए पनि कतै सङ्गीत सिक्न नपाएको छोरा शरदको प्रतिस्पर्धाले हौसला मिलेको बताइन् । बाबु नभए पनि उसको सपनालाई साकार बनाउन रातदिन मेहनत गरेर विद्यालय शिक्षा दिइरहेको उनले बताइन् ।

यसरी गर्न सकिन्छ शरदलाई भोट :-

शरदलाई मतदान मार्फत उपाधि जिताउन ‘MyIntra App’ डाउनलोड गरेर वा तलको लिंकमा गएर क्लिक गरेर भोट गर्न सकिन्छ । https://merovoice.myintraapp.com  कुनै पनि उपलब्ध माध्यमहरु मार्फत शरदलाई भोट गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस