पुर्व-विद्यार्थी मञ्चद्वारा एसईईमा सहभागी विद्यार्थीलाई प्रशंसा-पत्र वितरण
आइतबार, साउन २८, २०८० | १०:३४:३३

काभ्रे । श्री सरस्वती माद्यामिक बिधालय, पुर्व-विद्यार्थी मञ्चद्वारा श्री सरस्वती माध्यमिक विद्यालयबाट २०७९ सालको एस.ई.ई. परीक्षामा सहभागी भएका विद्यार्थीहरुलाई प्रशंसा-पत्र दिएका छन् ।
विद्यार्थी भाइबहिनीको आगामी दिनहरुमा उच्च शिक्षामा थप सफलता मिलोस् भनी प्रशंसा-पत्र दिएको पुर्व-विद्यार्थी मञ्चका अध्यक्ष केदार श्रेष्ठले जानकारी दिए ।
बेथानचोक गाउँपालिका वडा नम्बर-४ का वडाअध्यक्ष कृष्ण बहादुर तामाङको प्रमुख अतिथिमा पुर्व-विद्यार्थी मञ्चका अध्यक्ष केदार श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा विद्यालयका प्राध्यापक कृष्ण अधिकारी, बेथानचोक गाउँपालिका वडा नम्बर-४ का वडासदस्य, विद्यालयका शिक्षक/शिक्षिकाको उपस्थिति रहेको थियो ।