मोटरसाइकल अनियन्त्रित भइ ट्रकमुनी छिर्दा युवकको मृत्यु

काभ्रे । अरनिको राजमार्ग अन्तर्गत बनेपा नगरपालिका वडा नम्बर-१३ स्थित भैंसेपटी जनागालमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बनेपाबाट काठमाडौ तर्फ जादै गरेको बागमती प्रदेश ०२-०३४ प ११६७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई विपरित दिशाबाट आउदै गरेको बा प्र ०३-००१ ख १५८६ नम्बरको १० चक्के ट्रकको मुनी छिर्दा धुलिखेल नगरपालिका वडा नम्बर-८ बस्ने अभिषेक न्यौपानेको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डिएसपी रेशम बोहोराले जानकारी दिए ।

न्यौपानेको शव धुलिखेल अस्पताल लगिएको छ । ट्रक सहित चालक प्रहरीले नियन्त्रणमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस