पाँच एसएसपीहरुको सरुवा: काठमाडौं परिसरमा भुपेन्द्र खत्री

काठमाडौं । सरकारले नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको छ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एसएसपी सरुवाको निर्णय गरेका हुन् ।

प्रहरी नियमावलीमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको सरुवा गृहमन्त्रीस्तरीय निर्णयले हुने ब्यबस्था छ ।

सरुवा सुचीअनुसार काठमाडौं प्रहरी प्रमुखमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी भुपेन्द्र बहादुर खत्रीको सरुवा भएको छ। त्यस्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको प्रमुखमा राष्ट्रिय सुरक्षा परिषदमा कार्यरत एसएसपी सोमेन्द्र सिंह राठौरको सरुवा भएको छ ।

त्यस्तै डा. मनोज कुमार केसीको महिला, बालबालिका र ज्येष्ठ नागरिक सेवा निर्देशनालय, सानुराम भट्टराईको राष्ट्रिय सुरक्षा परिषद सचिवालय र दान बहादुर कार्कीको प्रहरी महानिरिक्षकको सचिवालयमा सरुवा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस